Sajhamanch Archive

खानेपानीको नाममा अर्बौँ रुपैयाँ कसरी लुटियो मेलम्चीमा ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । २५ अर्ब २० करोड रुपैयाँ खर्च भइसक्दा पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने अझै पक्का भएको छैन । मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने भन्दै आयोजना प्रमुखलगायतका व्यक्तिहरुको मिलेमतोमा चरम लुट मच्चाइएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७५ ले ठहर गरेको छ ।

करोडौँ बिलको भुक्तानी विना प्रमाण गरेको देखिएको छ भने कयौँ शीर्षकमा गरिएको भुक्तानीमा अनियमितता रहेको भन्दै महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले त्यस्तो रकम असुलउपर गर्नै पर्ने जनाएको छ । असुलउपर गर्नुपर्ने भन्ने रकम नै अर्बभन्दा बढी छ । निर्माण काममा संलग्न ठेकेदारहरुले मागेजति भुक्तानी दिँदा पनि उनीहरु भाग्ने क्रम जारी छ । यसले सरकारी अधिकारीहरुले ठेकेदारसँग धेरै कमिसन मागेको संकेत गरेको छ ।

ठेकेदारलाई काम गरेबापतको रकम भुक्तानी दिने नाममा सरकारी अधिकारीहरुले सकेका छैनन् , ‘लुटअनुसार काम भएको भए पानी त ल्याएका छन् भनेर केही समयका लागि छुट पनि पाउनसक्थे होला,’ महालेखापरीक्षकको कार्यालयका एक अधिकारीले भने, ‘ठेकेदारसँग मिलेर लुट मच्चाए तर खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाका प्रमुखलगायतका कर्मचारीहरुले ठेकेदारलाई भगाएर आयोजना नै अनिश्चित बनाएका छन् । आर्थिक दैनिक पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *