Sajhamanch Archive

नेपालमा यसरी पर्नेछ शक्तिशाली चक्रवात ‘फानी’ को असर

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं। शक्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ ।

हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले फानी बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ ।

महाशाखाका अनुसार उक्त प्रणाली भारतको विहार हुँदै विराटनगर वा त्यस आसपासबाट शुक्रबार नेपाल भित्रिने देखिएको छ । ‘त्यो प्रणालीसँगै घुमेर आएको बादलले नेपालमा असर निम्त्याउने हो,’ मौसमविद् पौडेलले भने, ‘शनिबारसम्मै हावाहुरीसहित भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’ पूर्वी नेपालको हिमाली भूभागमा पनि मध्यदेखि भारी हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले भनेको छ । भारतको विहार, भुटानमा समेत यसले असर निम्त्याउने देखिएको छ । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *