मेची नेत्रालय मेची नगर गोल्डकपः नेपाल प्रहरी र नेपाल आर्मी आमने सामने, उपाधिका लागि दुवै टिमको दावी
Published:
by .मेचीनगर । चौथो संस्करणको मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को उपाधिका लागि नेपाल प्रहरीको विभागिय टिम एनपीसी र नेपाल आर्मीको विभागिय टोली त्रिभुवन आर्मी शनिबार आमने–सामने हुँदैछन् ।
शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिम विभागिय भएकाले यो खेललाई प्रतिष्ठाको प्रतिस्पर्धाको रुपमा लिदैं निर्धारीत समयमै स्कोर गरेर उपाधि उचाल्ने दुवैको दावी छ ।
आर्मी तेस्रो संस्करणको विजेता हो । मनाङ मस्र्याङदीलाई २—१ गोलको अन्तरले पराजित गर्दै उपाधि आर्मीले उचालेको थियो । आठौं राष्ट्रिय खेलमा आमने सामने भएका यी दुई विभागिय टोलीले लिगमा पुलिस १ शुन्यले विजयी बनेको थियो भने फाइनलमा आर्मीले १ शुन्यले नै खेल जित्दैं स्वर्ण पदक प्राप्त गरेको थियो । स्वर्ण पदकको साख जोगाउन लागि पनि आर्मी तयार रहेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए ।
‘पाएका अवसरहरु सदुपयोग गर्न सक्यौँ भने हामी जित्छौँ,’ प्रशिक्षक न्यौपानेले भने, ‘केही खेलाडीहरुको पनि अनुपस्थितीको महसुश भइरहेको छ, क्वाटर र सेमिफाइनलमा मैदानमा नदेखिएका आर्मीका खेलाडीलाई मैदान उतार्ने छौ, फिजिकल्ली फिट छौ यसकारण पनि निर्धारित समयमैमा हामी गोल गर्नेछौ ।’
आर्मीका नियमित क्याप्टन भरत खवास तथा गोलरक्षक विकेश कुथुलाई मैदान उतार्र्ने दाउमा छ आर्मी । अघिल्ला खेलमा भएका कमि कमजोरीलाई सुधार्दै फाइनल खेल्ने योजना रहेको व्यवस्थापक चुनबहादुर थापाको भनाई छ । काँकरभिट्टाको मैदानसँग परिचित आर्मीले यो पटक पनि उपाधि उचाल्ने दाबी गरेको छ । ‘मेहनतको प्रतिफलस्वरुप फाइनल पुगेका छौँ,’ आर्मीका कप्तान नवयुग श्रेष्ठ भन्छन,‘अव उपाधि पनि उचालेरै विजयी हुने छौ ।’
यता पुलिसका क्याप्टन भरत साहले आर्मीको प्रस्तुती पनि कमजोर नरहेको भन्दैं आफुहरु उनीहरुको खेल शैली हेरेर प्रस्तुत हुने बताए । उनले पनि निर्धारित ९० मिनेटकै समयमा स्कोर निकालेर उपाधि उचाल्ने दावी गरेका छन् । यसभन्दा अघि फिनिसिङ तथा पासमा देखिएका कमजोरीलाई सच्याउँदै खेल्ने उनले बताए । शनिबार हुने फाइनल भिडन्तमा दर्शकलाई निराश नबनाउने आफूहरुको लक्ष्य रहेको पुलिसका सुमन सुवेदीको भनाई छ ।
प्रतियोगिताको फाइनल खेल विजेताले नगद १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
ट ब्ततबअजmभलतक
Comments