Sajhamanch Archive

प्रदेश एकको स्थायी राजधानी धरान बनाउनुपर्ने भन्दै विराटनगरमा प्रदर्शन

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by .

धरान । प्रदेश १ को स्थायी राजधानी धरानलाई तोक्नु पर्ने भन्दै धरानबासीले विराटनगरमा प्रदर्शन गरेका छन् । धरानलाई स्थायी राजधानी बनाउनुपर्ने माग राख्दै धरानबासीले आइतबार दिउँसो विराटनगरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रदेश नम्बर एकको स्थायी राजधानी धरान नै उचित रहेको भन्दै विराटनगर प्रदेश सभाअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले धरानलाई स्थायी राजधानी घोषणा गर भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरूले धरानलाई स्थायी राजधानी बनाइनु पर्ने भन्दै प्रदेशसामा ज्ञापन पत्र पनि बुझाएका छन् ।

यसैगरी लिम्बूवानले पनि सोही माग राखी दर्शन गर्ने जानकारी गराएको छ । लिम्बूवानले पनि प्रदर्शन गर्ने भएपछि प्रदेशसभाको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *