समाजवादी पार्टीमा ८ उपाध्यक्ष, ३ महासचिव र ४ सचिव
Published:
by .काठमाडौं । समाजवादी पार्टी नेपालले जम्बो पदाधिकारी बनाएको छ ।
सोमवार काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको एकता घोषणा गर्दै पदाधिकारी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पदाधिकारीको नाम घोषणा गरेका हुन् । पार्टीको वरिष्ठ नेतामा अशोककुमार राई र सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठलाई घोषणा गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई लगायत छन् ।
महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दवा, रामसहायप्रसाद यादव चयन भएका छन् । उपमहासचिव डम्वर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी छन् ।
सचिवमा मोहम्बद इस्तियाक राई, दुर्गा सोभ, परशुराम बस्नेत र प्रशान्त सिंह छन् । कोषाध्यक्षमा २ नम्बर प्रदेशका अर्थमन्त्री विजयकुमार यादव चयन भएका भट्टराईले जानकारी दिए ।
पार्टीमा २ पदाधिकारीपछि नियुक्त हुने जनाइएको छ । कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ पार्टीको एकताले आफूहरूले उठाउँदै आएका एजेण्डा झन् सशक्त ढंगले उठाउने बताए ।
Comments