Sajhamanch Archive

अफगानिस्तानमा तालिबान लडाकूहरूले प्रहरी मुख्यालयमा आक्रमण गर्दा १३ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतवार तालिबान लडाकूहरूले प्रहरी मुख्यालयमा आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

एक आत्मघाती आक्रमणकारीले हम्भी गाडीमा विस्फोटक भरेर पुल–ए–खुम्री नामक स्थानमा आक्रमण गरेका थिए ।

बन्दूकधारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो ।

देशको सरकारले प्रस्ताव गरेको युद्धविरामलाई तालिबानले अस्वीकार गरेको केही दिनपछि यो आक्रमण भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले आठजना तालिबान लडाकूलाई गोली हानी मारिएको बताए ।

५० जनाभन्दा बढी मानिस घाइते भएका छन् र तीमध्ये २० जना सर्वसाधारण छन्, एक अफगानी स्वास्थ्य अधिकारीले बताए ।

तलिबानले आक्रमणको जिम्मा लिएको छ ।

यो समूहले अफगानी बलहरूमाथि निरन्तर आक्रमण गर्ने गरेको छ र सन् २००१ मा सत्ता गुमाएयता उसले सर्वाधिक धेरै क्षेत्रमा नियन्त्रण जमाएको छ ।

(बीबीसीबाट)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *