Sajhamanch Archive

बाबुराम र उपेन्द्रले ११ प्रदेशको माग ब्युँताउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसद र ११ प्रदेशको माग ब्युँताउँदै संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच सोमबार एकीकरण भएको छ ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । ‘समुन्नत समाजवाद’ लाई पार्टीको प्रमुख राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गरिएको छ । पार्टीका तीन शीर्ष नेतामध्ये उपेन्द्र यादव एकीकृत पार्टीको अध्यक्ष बनेका छन् । बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र अर्का नेता अशोक राई वरिष्ठ नेता रहेका छन् ।

प्रज्ञा प्रतिष्ठानको हलमा निर्धारित समयभन्दा आधा घण्टापछि एकैसाथ प्रवेश गरेका भट्टराई र यादवले खचाखच कार्यकर्ता र समर्थकमाझ एक–अर्काको पदीय जिम्मेवारी घोषणा गरेका थिए । भट्टराईले यादवलाई पार्टी अध्यक्ष र यादवले भट्टराईलाई परिषद् अध्यक्ष घोषणा गरे । कार्यक्रम करिब साढे चार घण्टा चलेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टीको सर्वोच्च कार्यकारी भूमिकामा यादवलाई स्वीकार गरे पनि वरीयतामा को वरिष्ठ झन्ने खुलाइएको छैन । कान्तिपुर दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *