आज अक्षय तृतीया, दान गरे जति पूण्य प्राप्त हुने दिन
Published:
by .काठमाडौं । आज वैशाख शुल्क तृतीया । आज हिन्दुधर्मालम्बीहरुले दान, होम, जप, तप गरी अक्षय तृतीया धुमधामका साथ मनाउँदैछन् । यो दिन गरेको कर्म कहिल्यै नष्ट नहुने भन्ने विश्वास गरिन्छ ।
हिन्दु शास्त्रहरुमा वर्षभरीकै विशेष योग मध्ये अक्षय तृतीयालाई मानिएको छ । यसलाई महायोग अक्षय तृतीया पनि भनिन्छ । यो महायोग वर्षमा केबल एकपटक मात्रै पर्छ ।
साथै आज हिन्दु पञ्चांग र ज्योतिषचार्यका अनुसार सूर्य, शुक्र, चन्द्र र राहु ग्रहको शुभ संयोग परेको छ । यो करिब एक दशकपछिकै शुभ र अदभूत संयोग हो । यस्तो संयोग निकै दुर्लभ र सौभाग्यशाली मानिन्छ । यसअघि सन् २००३ तिर यस्तै अदभूत संयोग परेको थियो ।
Comments