धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलन
Published: (Updated: )
by .धनकुटा । धनकुटाबासी धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलित भएका छन् । धनकुटाको अस्तित्त्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएको भन्दै धनकुटाबासी आन्दोलित बनेका हुन् ।
धनकुटालाई प्रदेश राजधानी बनाइनुपर्ने माग राख्दै विगतदेखि आन्दोलन गरिँदै आएको थियो । तर, हिजो मात्र विराटनगरलाई स्थायी राजधानीको घोषणा गरिएपछि धनकुटालाई उपेक्षा गरिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार आज मध्यान्ह १२ देखि १ बजेसम्म चक्का जाम र राति ७ देखि साढे ७ बजेसम्म ब्ल्याक आउट गरिनेछ ।
Comments