नीति तथा कार्यक्रमप्रति ध्यान दिनुपर्ने सुझावहरु केही नआएको :प्रधानमन्त्री ओली
Published: (Updated: )
by .काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति ध्यान दिनुपर्ने सुझावहरु केही नआएको बताएका छन् ।
यसले नीति तथा कार्यक्रम अत्यन्त राम्रो रहेको पुष्टि भएकोले आफूलाई खुशी लागेको प्रधानमन्त्री बताए ।
‘नीति तथा कार्यक्रममा केही कमजोरी छन् कि भन्ने लागेको थियो । तर त्यस्तो केही छैन । खुशी के लाग्यो भने आलोचनाको कुनै ठाउँ नै रहेनछ’, प्रधानमन्त्री ओलीले भने ।
उनले अगाडि भने, ‘एकजना मित्रले नीति तथा कार्यक्रम सुन्दर निबन्ध जस्तो छ भन्नु भो, यस सम्बन्धमा धेरै टिप्पणी गर्दिन, के मात्र भन्छु भने नीति कार्यक्रममा आलोचना योग्य ठाउँ भेटिएन छ, नभेटिएपछि निबन्ध ।’
Comments