छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा
Published: (Updated: )
by .काठमाडौं। आगामी वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिुलाई वास्ता नगरी जवाफ दिन्छु भनेपछि संसदमा लफडा भएको हो । त्यसपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले उभिएर संसद अवरोध गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमाथि प्रधानमन्त्री ओलीले जवाफ दिएपछि प्रतिपक्षी सांसदहरुले थप प्रश्न गरेका थिए । स्पष्टिकरण रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिु लाई वास्ता नगरी जवाफ दिने भन्दै बोल्न थालेका थिए । त्यसपछि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका हुन् । अर्कातिर नीति तथा कार्यक्रममाथि सांसदहरुले प्रश्न सोध्ने क्रममा अपशब्द प्रयोग गरेको प्रधानमन्त्री केपी शर्मा ओली पनि रिसाएका थिए ।
सांसदहरुले सोधेका प्रश्नमाथि स्पष्टिकरण दिन रोस्टर्ममा पुगेका प्रधानमन्त्री प्रयोग गरेका शब्दलाई लिएर सांसदहरुले विरोध जनाए । अर्कातिर प्रश्न सोध्दा अपशब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीले पनि आपत्ति प्रकट गरेपछि प्रतिपक्षी सांसदहरु रिसाएका हुन्। रोष्ट्रममा पुगेर स्पष्टिकरण दिने क्रममा प्रधानमन्त्रीले रिसाउँदै अपशब्द प्रयोग गरिएको बताएका थिए ।
तर प्रतिपक्षी दलका सांसदहरुले भने प्रमले प्रयोग गरेका शब्दमा आपत्ति जनाए । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसदहरुले उठेर विरोध जनाइरहेकै समयमा सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रमको प्रक्रिया अगाडि बढाएका थिए ।
संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले आग्रह गरेपछि कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आलोचना गरे ।
Comments