Sajhamanch Archive

ग्वाटेमालाको कारागारमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । ग्वाटेमालाको एक कारागारमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा दुई कैदीबन्दीबीच झडप भएपछि गोली चलेको हो । घटनामा २० जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

यो कारागारमा चार हजार कैदीबन्दी रहेको बताइएको छ ।

यसअघि सन् २०१६ मा पनि यो कारागारमा दंगा फैलिँदा १४ कैदीबन्दीको मृत्यु भएको थियो ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *