स्मार्टफोनको प्रयोगले बालबालिकामा मानसिक रोग लाग्न सक्ने
Published:
by .काठमाडौं। स्मार्टफोन र ट्याब्लेटहरूको अत्यधिक प्रयोगका कारण बालबालिका मानसिक रूपमा बिरामी भइरहेको विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
सान डीएगो स्टेट विश्वविद्यालय र जर्जिया विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा दिनको दुई घन्टाभन्दा बढी स्मार्टफोन चलाउने बच्चालाई सुत्न समस्या हुने र तनावको शिकार हुने पत्ता लागेको छ ।
स्मार्टफोनको सबभन्दा बढी असर किशोर र १० वर्षभन्दा कम उमेरका बच्चामा परेको उनीहरू मान्छन् । बच्चाहरूले नौ घन्टाको निद्रा पूरा नगरेमा पढाइ तथा अन्य कार्यमा उचित प्रदर्शन गर्न सक्दैनन् ।
अनुसन्धानमा दुईदेखि १७ वर्ष उमेरका लगभग ४० हजार किशोरहरूबाट यो आँकडा जम्मा गरिएको हो ।
प्राध्यापक जीन टवेन्ज र कीथ क्याम्पवेलले आधाभन्दा बढी मानसिक रोगको शिकार किशोर भएको बताए । अनुन्धानकर्ताहरूले चिन्ता व्यक्त गर्दै स्मार्टफोन वा अन्य ग्याजेट्सका साथसाथै अन्य कारण पनि बुझेर बालबालिकालाई मानसिक रोगी हुनबाट बचाउनुपर्ने बताए ।
बालबालिकालाई अन्य खेलमा रुचि उत्पन्न गराउनुपर्ने उनीहरूको भनाइ छ । अन्लाइन र टेलिभिजनमा बिताउने समय व्यापकर कटौती गर्न पनि वैज्ञानिकहरूले अभिभावकहरूलाई सल्लाह दिएका छन् । उनीहरूको ध्यान पढाइ र खेलकुदमा आकर्षिक गर्न पर्ने वैज्ञानिकहरूको भनाइ छ ।
बालबालिकाले एक घन्टा र किशोरकिशोरीले दुई घन्टा भन्दा बढी स्मार्टफोनको स्क्रीन हेर्न नहुने वैज्ञानिकहरूले सल्लाह दिएका छन् ।
(एजेन्सी)
Comments