Sajhamanch Archive

किरणलाई न्याय माग्दै पूर्वीनाकामा प्रदर्शन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काँकरभिट्टा । बालमैत्री हिरासत कायम र मृतक किरण कार्की डोली दर्जीलाई न्यायको माग गदैं बुधबार पूर्वीनाकामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

मेचीनगर नगर स्तरीय बाल सञ्जालको अगुवाईमा मेचीनगर— ६ स्थित भट्टराई चोकबाट सरकार तिमी कहाँ छौ बालक यहाँ पीडित छ, बालमैत्री हिरासत कायम गर, बाल अधिकारको सुनिश्चित गर, पिडीतलाई न्याय दे, बाल हिसाँ अन्त्य गर, दोषीलाई कारवाही जस्ता नारा लेखिएका व्यनर र प्लेकार्डसहित संयौको संख्यामा निस्केको र्यालीले काँकरभिट्टाको मुख्य मुख्य भागको परिक्रमा गरी पुर्वीनाकाको मुख्यः प्रवेशद्वारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीमा नगरस्थित विभिन्न विद्यालयका विद्यार्थीहरु, स्काउट, रेडक्रसकर्मीलगायतको सहभागिता थियो । कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले घटनाको सत्यथत्य छानबीन गरी दोषीलाई कारवाही र मृतक मृतक किरण कार्की डोली दर्जीको परिवारलाई न्याय दिन आग्रह गरेका थिए । कोणसभामा सञ्जालका अध्यक्ष निशान्त राई, बालअधिकारकर्मी मणिकुमार लिम्बु, पत्रकार प्रदिप परियारलगायतले बोलेका थिए ।

मोबाइल चोरी गरेको आरोपमा चैत २९ गते शुक्रबार विर्तामोड प्रहरीले नियन्त्रणमा लिएको झापा मेचीनगर नगरपालिका ६ का १५ वर्षीय बालक किरण कार्की डोलीलाई इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा राखेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको दुई दिनपछि अर्थात् वैशाख २ गते राति २ बजे बालकको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले भने मोस्टमार्टमपछि मात्रै बालकको मृत्युबारे परिवारलाई जानकारी गराएपछि घटना रहस्यमय बनेको हो । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले परिवारका सदस्यलाई बालकले आत्महत्या गरेको जानकारी गराएका थिए ।

परिवारले घटना रहस्यमय भएको भन्दैं सत्यतथ्य छानवीनको माग गरेको छ । हिरासतमा पासो लगाएर आत्महत्या गरेको , भारत पानीट्याङ्की बस्ने १९ वर्षका किरण दर्जी भनेर प्रहरी नायव उपरीक्षक खड्काले गलत जानकारी दिएपटि घटना रहस्यमय बनेको थियो । तत्काल परिवारले किरणको शव बुझेर लगेपनि अन्य विषय अहिले अनुसन्धानकै क्रममा रहेकोे भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *