Sajhamanch Archive

सेक्स आम जीवनमा खाना, नाना र छानापछिको जरुरी बस्तु

Published: in रोचक कुरा / टिप्स by .

हाम्रो समाजमा खुल्ला रुपमा सेक्सका विषयमा कुरा हुन सक्दैन् । यही बन्देजका कारण आफ्नो यौन समस्या र कमजोरी एक आपसमा छलफल गर्न नसक्दा पारिवारीक कलह समेत हुने गर्छ ।

बैवाहिक जीवन सुखी बनाउन सेक्स लाइफको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो । कतिपय अबस्थामा श्रीमन्ले श्रीमतीलाई वा श्रीमतीले श्रीमान्लाई बुझ्न नसक्दा विभिन्न समस्याहरु देखिन्छ ।

महिला र पुरुषबीचमा केही यस्ता हार्माेनले यौनका विषयलाई लिएर फरक बनाउने गर्छ । सेक्स सबैलेलागि आवश्यक भएपनि बायोलोजिकल जानकारी नहुँदा हामीले सेक्सकालागि उपयुक्त समयका विषयमा जानकारी समेत पाउन सकेका हुदैनौँ ।

भर्खरै अमेरीकाको अमेरीकन मेडिकल एसोसिएसनले गरेको एक रिसर्चमा पुरुष र महिलाबीच सेक्सको लागि समय रोजाई ठ्याक्कै उल्टो हुने गरेको छ । हार्मेनका कारण पुरुषलाई र महिलालाई भिन्दा भिन्दै समयमा सेक्स सम्बन्धि रुचीको समय फरक पार्ने गरेको छ ।

पुरूषहरु विहानीपख सेक्समा धेरै चासो राख्छन् भने यसको उल्टो महिलाहरुलाई भने रातको समयमा सेक्स सम्बन्धि रुची जाग्ने गरेको छ । अनुसन्धानका अनुसार यस्तो भने हार्माेनले गराउछ । रातमा महिलाहरु रोमान्टिक बन्ने र विहान उनीहरुलाई खासै चासो हुदैन् ।

अनी ठ्याक्कै उल्टो राती पुरुषहरुलाई चासो नहुने र विहानी असाध्यै मन हुने गर्छ । अनुसन्धानमा विहान ५ बजेदेखि ७ बजेसम्म पुरुषको टेष्टेस्टेरोनको मात्रा बढ्ने जसले गर्दा पुरुषहरु चञ्चले बन्ने गर्छन् ।  अन्य समयमा भन्दा विहानको यो समयमा सेक्स हॉर्मोन १६ देखि ५० प्रतिशतसम्म बढि हुन्छ ।

महिलाहरुमा पनि पुरुषहरुमा जस्तै टेस्टेस्टेरोन हार्माेनले सेक्स सम्बन्धि रुची जगाउने गर्छ । तर एस्ट्रोजन और प्रोजेस्टेरोनका कारण सामान्य अबस्थामा रहन्छ । महिलाहरुमा यसको मात्रा रातको समयमा बढि हुन्छ । र रातलाई रंगिन बनाउन चञ्चल हुने गर्छन् ।

अनुसन्धानले पुरुषलाइ राति जत्ति गहिरो निन्द्रा लाग्छ उत्ति नै टेस्टेस्टेरोनको मात्रा बढ्छ । अमेरिकन मेडिकल एसोसिएसनको यो अनुसन्धानले ५ घण्टा भन्दा धेरै सुत्ने पुरुषको टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशत बढ्ने जनाएको छ ।

सोधका अनुसार सुतेर उठेका पुरुषहरुमा सेक्सको चाहाना ज्यादा हुन्छ भने महिलालाई सुतेर उठेपछि भने ज्यादै कम चाहना हुन्छ । साँझको ६ बजेदेखि पुरुषमा टेस्टेस्टेरोनको मात्रा कम हुन थाल्छ । तर महिलाहरुमा भने यसपछि बढ्न थाल्छ ।

साँझ पछि महिलाहरुमा ३० प्रतिशत ज्यादा सेक्सको चाहाना बढ्न थाल्छ ।  यस्तै कार्यालयको कामको कारण हुने समस्याले गर्दा पुरुषहरुमा टेस्टेस्टेरोन की मात्रा घट्ने हुन्छ भने खुसि हुने केही कारण पाए टेस्टेस्टेरोन २० प्रतिशतसम्म बढ्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *