मुटु रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविरमा १ हजार ४९६ जनाको स्वास्थ्य परिक्षण
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा नगरका १ हजार ४९६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा ८४५ जना महिला र ६५१ रहेका छन् ।,
शिविरमा ३७५ जनाको इसिजी, २५७ जनाको इको परिक्षण गराइएको थियो । त्यस्तैं, १३० जनामा प्रेसर देखिएको र ४६ जनामा मुटु सम्बन्धी समस्या देखा परेकाले उनीहरुलाई काठमाण्डौं पठाइने आयोजक समितिका समाज सेवी तथा नेकपा शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए । शिबिरमा मनमोहन मेमोरियल टिचिङ अस्पताल काठमाण्डौं प्रबिधिक सहयोगमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर अनिल भट्टराईसहितको २० जनाको टोलीले मुुटु रोगीहरुको स्वास्थ्य परिक्षण गरेको हो । शिबिरमा बैगुनधुरा माहाभारा, शिबसताक्षी नगरपालीका, कनकाई नगरपालीका र झापा गाउँपालिकाका सर्वसाधरणहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
सो शिबिरमा मुटुको अप्रेशन गर्नु पर्ने भएका बिरामीको काठमाण्डौंस्थित मनमोहन मेमोरिय टिचिङ अस्पतालले निःशुल्क अप्रेशन गर्ने जनाइएको छ ।
शिविरको झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य एबम् संघिय साँसद एलपी सावाले शिबिरको उद्घाटन गरेका थिए । शिविरमा प्रदेश सभा सांसाद झलसिं दर्लामी, हिरा थापा, कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोख्रेल, शिवसताक्षी नगरपालिकाकी उप मेयर भोजकुमारी नेपाल, वडाध्क्ष छविलाल पाठक , भैरवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
शिविर सतासीधाम जेसिज, सुरुङगा जेसिज, नेपाल रेडक्रस सोसाईटी उपशाखा सुरुङगा, नेपाल रेडक्रस सोसाइटी उपशाखा शिबगञ्ज र सुरुङगा सहकार्य युवा क्लबको संयुक्त आयोजनामा भएको हो । शिविर शिवसताक्षी न.पा. ११ दूधे स्थित ध्रवतारा मा.वि.मा चलाइएको थियो । सो शिबिर भोली शनिबार कन्काई नगरपालिकाको सुरुङगा स्वास्थ्य चौकीमा ह्ने आयोजकले जानकारी दिएको छ ।
Comments