Sajhamanch Archive

हिरासतमा आत्महत्याको प्रयास गरेका समीरको उपचारका क्रममा मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन स् इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गरेका कालिका नगरपालिका १ चितवनका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ।

उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति ११स्३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ। चोरी अभियोगमा पक्राउ परेका समीर गत २६ गत्ते थुनुवाघर भित्रको बाथरुममा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए।

गम्भीर अवस्थाका उनलाई सिएमएसमा उपचार गरीरहेको थियो। घटनापछि उनका आफन्त र स्थानीय बासिन्दाले प्रहरीको लापरवाहीले घटना भएको भन्दै प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै राजमार्ग अवरोध गरेका थिए। त्यस क्रममा प्रहरीले हवाइ फायर गर्नुका साथै केही सेल असुरग्यास प्रहार गरेका थिए।

३० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। शुक्रवार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १२ सदस्ययीय छानविन समिति गठन गरेको छ। यस्तै विभिन्न ५ बुँदे सहमति गरेका छन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *