आशाबादी बहुदेश्यीयमा नयाँ कार्य समिति चयन
Published:
by .बिर्तामोड । झापाको मेचीनगर–१३ मा सञ्चालित आशावादी बहुउद्देश्य सहकारी संस्थाको पाँचौ साधारणसभाले अध्यक्षमा वद्री महतलाई सर्वसम्मत चयन गरेको छ ।
झापाको चारआलीमा शनिवार भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश मिनादेवी खड्का, हेमन्त महत, प्रकाश उप्रेती र राजेश गिरी चयन भएका छन् । त्यसैगरी सदस्यमा लक्ष्मण कार्की, विष्णु लुईटेल, लक्ष्मण लिम्बु, रमा सिग्देल, जमुना न्यौपाने, प्रभास राजवंशी, असारसिंह लिम्बु, भेगराज राजवंशी र कालु मेचे सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै संस्थाले बोलप्रसाद कोइरालाको संयोजकत्वमा यमनाथ कोइराला र पदमबहादुर कटुवाल सदस्य रहेको लेखा समिति गठन गरेको छ भने सल्लाहकार समितिमा सुदर्शन वराल, निलादेवी प्रसाई र दिर्घसिंह पौडेललाई सर्वसम्मत चयन गरेको छ ।
दुईसय ५० जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी १५ लाख ५७ हजार ३५ रुपैयाँ रहेको छ भने वचत ४० लाख ८५ हजार ६ सय १६ रुपैयाँ रहेको जनाइएको छ ।
संस्थाकी अध्यक्ष मिनादेवी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–१३ का अध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष प्रवासी राजवंशीले गरेको कार्यक्रमलाई सञ्चालन सचिव कृष्ण अधिकारीले गरेका थिए ।
Comments