भारतमा छैठौं चरणको निर्वाचनमा मतदान जारी
Published:
by .भारतमा जारी लोक सभा निर्वाचन अन्तर्गत आईतबार छैठौं चरणको निर्वाचनमा मतदान जारी छ। छैठौं चरणको निर्वाचनमा सात राज्यका ५९ सिटका लागि मतदान भइरहेको छ।
आइतबार बिहारमा आठ, हरियाणामा १०, मध्यप्रदेशमा आठ, उत्तर प्रदेशमा १४, बंगालमा आठ, झारखण्डमा चार र दिल्लीमा सात सिट गरी जम्मा ५९ सिटका लागि निर्वाचन भइरहेको हो।
दिउँसो १ बजेसम्म बिहारमा २६ प्रतिशत, हरियाणामा ३४ प्रतिशत, मध्यप्रदेशमा ३७ प्रतिशत, उत्तरप्रदेशमा ३१ प्रतिशत, बंगालमा ४३ प्रतिशत, झारखण्डमा ४५ प्रतिशत र दिल्लीमा २२ प्रतिशत मतदान भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।(एजेन्सी)
Comments