‘सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिन पाइन्न’ : शिक्षमन्त्री पोखरेल
Published:
by .बिर्तामोड । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा प्राविधिक र सिपयुक्त बनाउने बताएका छन् ।
शिक्षालाई परम्परागत प्रणालीबाट मात्र नभई आधुनिक बनाउन जरुरी रहेकोले सरकारले योजनावद्ध कार्यक्रम अगाडि बढाएको जानकारी दिएका हुन् ।
आज बिहान झापाको बिर्तामोडमा प्रेस संगठन नेपाल झापाले आयोजना गरेको पत्रकारसँग भेटमा शिक्षामन्त्री पोखरेलले चाँडै नै शिक्षा नीतिको टुङ्गो लाग्ने समेत आश्वासन दिएका छन् ।
शिक्षा क्षेत्रको परिवर्तनका लागि पनि शिक्षा नीतिको टुङ्गो लाग्न आवश्यक रहेको मन्त्री पोखरेलको भनाई छ ।
मन्त्री पोखरेलले सामुदायिक विद्यालयले विद्यार्थीलाई शुल्क लिन नपाउने प्रष्ट पारेका छन् । सरकारी विद्यालयले विद्यार्थीलाई शुल्क लिने गरेको गुनासो आउन थालेपछि शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयले शिक्षाको नाममा कुनै पनि शुल्क लिन नपाउने प्रष्ट्याएका हुन् ।
Comments