Sajhamanch Archive

परिवारको कुटाई सहन नसकी बुहारी निर्वस्त्र प्रहरी चौकी पुगेपछि……..

Published: in राष्ट्रिय समाचार, by .

नयाँ दिल्ली ।  भारतको राजस्थानस्थित चुरु जिल्लामा सासू र परिवारका सदस्यबाट कुटिएकी बुहारीले प्रहरी गुहारिन्। नाङ्गै बनाएर सासूसहितले कुटपिट गरेपछि उनले प्रहरी गुहारेकी थिइन्। तर प्रहरी नआएपछि उनले ज्यान बचाउन नाङ्गै भाग्नुपर्‍यो ।

२८ वर्षीया एक महिलालाई सासूसहितको यातना भोग्न नसकेपछि प्रहरीको सहारा लिएकी हुन् । प्रहरी नपुगेपछि निर्वस्त्र नै उनी ३ किलोमिटर परको चौकीमा पुगेकी हुन् । उनी ४५ मिनेटसम्म भीडभाडयुक्त राजमार्गमा निर्वस्त्र हिँड् बाध्य भएकी हुन्।  प्रत्यक्षदर्शीका अनुसार प्रहरीले सूचना पाएर पनि बेवास्ता गरेको थियो। महिलाले रिपोर्ट गरेपछि घटना दर्ता गराएर प्रहरीले सासू, जेठाजु, जेठानी र देवरलाई गिरफ्तार गरेको छ।

यता महिलाको भिडियो बनाएको आरोपमा उमाशंकर नाईलाई प्रहरीले पक्राउ गरेको छ। सहयोग लिइनन् समाचार अनुसार बिदासरको वाड नम्बर ५ मा बस्दै आएकी महिलासँग आइतवार बिहान झगडा भएको थियो। यो कुरा कुटपिटसम्म पुग्यो। महिलाले आफ्ना लुगा च्यातिदिएर  नाङ्गै बनाइदिएको बताएकी छन्।  त्यसपछि उनले पुलिसमा गुनासो गरेकी थिइन् । त्यसपछि उनले पुलिस चौकी जाने निर्णय गरिन्। बाटोमा उनलाई मानिसले लुगा लगाइदिने कोशिश गरेका थिए। तर उनले अटोमा बस्न र कपडा लगाउन मानिनन् । उनी रुँदै रुँदै प्रहरी चौकीबाट डेढ सय मिटरको दूरीमा रहेको मन्दिरमा पुगिन् ।

त्यसपछि चौकीका प्रमुख र हवल्दारले उनलाई बेडको तन्‍ना ओढाइदिए। अनि उनलाई चौकी लगियो। महिला महाराष्ट्रको अकोलामा जन्मेकी थिइन्। उनको बिहे एक वर्षअघि बिदासरमा  भएको थियो । उनका पति छ महिनादेखि असममा छन् । उनी त्यही मजदुरी गर्दै आएका छन्। घरमा सासू, जेठानी, जेठाजु र देवरले उनलाई यातना दिइरहेका थिए। महिलाले पतिले पठाएको पैसा परिवारका सदस्यले खोसेर आफूलाई कुटपिट गर्ने गरेको गुनासो गरिन्।  एसपी राजेन्द्र कुमारले यो घटनामा कारबाही नगरेको बारेमा जवाफ दिँदै पारिवारिक मामिला भनेका छन् । उनले सूचना पाएपछि प्रहरीले कपडा दिएको बताए । यो घटनामा संलग्न भएका सबैलाई गिरफ्तार गरिएको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *