Sajhamanch Archive

जनकपुर–जयनगर–कुर्था खण्डमा भदौदेखि रेल चल्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

जनकपुर।जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ ।

भारतीय पक्षले यसअघि नै रेल खरिदका लागि मूल्य पठाइसके पनि नेपाली पक्षले ढिलाइ गर्दा रेल चल्न अझै कम्तीमा चार महिना लाग्ने भएको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग भएको सम्झौता अनुसार भदौसम्म रेल नेपाल आइपुग्ने जानकारी दिए ।नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *