Sajhamanch Archive

चन्द्रमा देखियो अनौठो गतिविधि, नासाले बतायो यस्तो कारण

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

नासाले करिब १२ हजार तस्बिरको अध्ययन गर्दा पृथ्वीको एकमात्र उपग्रह चन्द्रमाको सतह संकुचीत हुँदै गएको तथ्य भेटाएको छ । संकुचीत हुँदै जाँदा चन्द्रमाको सहतमा पृथ्वीबाट देखिने मानिसको जस्तो तस्बिर पनि मेटिदैं गएको वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । नासाको लुनर रीकानिसेंस आर्बिटरले लिएको तस्बिरको अध्ययनको रिपोर्ट सोमबार सार्वजनिक गरिएको छ ।

नासाले १२ हजारभन्दा बढि तस्बिरको विश्लेषण गर्दा चन्द्रमाको उत्तरी धु्रवबाट दरार पैदा हुँदै गएको देखिएको छ । अध्ययन अनुसार उत्तरी धुव्रको सतह आफ्नो ठाउँ छोड्दै सरिरहेको जनाइएको छ ।

पृथ्वीमा जस्तो चन्द्रमामा कुनै टैक्टोनिक प्लेट छैन् । तथापी टैक्टोनिक प्लेटले जस्तो सतहमा प्रभाव परेपछि वैज्ञानिक हैरान परेका छन् । विशेषज्ञ वैज्ञानिकहरुले चन्द्रमाको सतहमा भएको यस्तो गतिविधिलाई उर्जा सकिदैं गएको कारण यस्तो भएको हुनसक्ने बताएका छन् । जसको कारण चन्द्रमाको सतहमा दरार पैदा हुँदै जाँदा भूकम्पहरु उत्पन्न हुन सक्ने बताइएको छ ।

वैज्ञानिकहरुले करिब लाख वर्षमा १५० फिट (५०) मिटर जति सतह खुम्चिएको बताएका छन् । युनिभर्सिर्टी अफ मेरी लैण्डका भूगर्भ वैज्ञानिक निकोलस चेमरले लाखौं वर्ष पहिले भएको जस्तो गतिविधि चन्द्रमाको सतहमा अहिले भइरहेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *