Sajhamanch Archive

१३ वर्षपछि पशुपतिको बाटो बन्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

सञ्चालमा आएको १३ वर्षपछि तीलगंगा–ताम्रागंगा सडक बन्द गर्न पर्खाल लगाउन थालिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गर्ने निर्णय गरेको हो ।

कोषले आफू मातहत रहेको सम्पदाको संरक्षण गर्न र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको बताएको छ ।

२०६३ सालमा सञ्चालनमा आएको सडक पटकपटक विवादमा पर्दै आएको थियो । कोषले बन्द गर्न खोज्दा पनि यसअघि स्थानीयको दबाबले सडक सञ्चालनले निरन्तता पाएको थियो ।नेपाल समाचारपत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *