एकैदिन सगरमाथाको चुचुरो पुग्दै १०० आरोही
Published:
by .सोलुखुम्बु । सगरमाथा आरोहणको तेस्रो दिन करिब सयभन्दा बढी आरोही शिखर पुग्ने क्रममा रहेका नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार बिहीबार सयभन्दा बढी आरोही शिखरमा पुग्नेछन्। पहिलो दिन मंगलबार ८ जना गाइडले बाटो बनाउँदै शिखर पुगेपछि यो यामको आरोहण सुरु भएको हो।
बुधबार करिब २५ भन्दा बढी आरोही शिखर पुगेको सम्पर्क अधिकृत श्रेष्ठले आधारशिविरबाट जानकारी दिए। यो याममा पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जना आरोहीले आरोहण अनुमति पाएका छन् ।
जसमा १३ जना नेपाली छन् । आधार शिविरमा आरोहीका सहयोगी, नेपाल सरकारका सम्पर्क अधिकृत छन् भने त्यसमाथि आरोहण दलका सदस्य बढी छन्।
क्याम्प चारसम्म आरोहीका लागि आवश्यक अक्सिजनदेखि खानेकुराहरु समेत बन्दोबस्तीका साथ राखिएको छ। अहिले मौसम अनुकूल भएकाले आरोहण सफल हुने पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्।
आचार्यसहितको एक टोली आज बिहीबार मात्र सगरमाथा आधार शिविरबाट लुक्ला झरेको छ। गत वर्षको भन्दा यो बर्ष आरोहीको संख्या बढेको छ ।
Comments