मदन आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
Published: (Updated: )
by .काठमाडौँ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो । रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन । दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो ।
भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ । बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् । गत वर्ष आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।
Comments