काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज काठमाडौंमा उद्घाटन गरेका छन् ।
खानी तथा भू–गर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जेम एण्ड ज्वेलरी व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जेम एण्ड ज्वेलरी व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने पनि बताए । “यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो” प्रधानमन्त्री ओलीले थपेका छन् “त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका स्टलहरुको पनि अवलोकन गरेका छन् ।
Comments