Sajhamanch Archive

एकदिवसीय विश्वकप क्रिकेट नजिकिदै

Published: in खेलकुद, विश्व समाचार by .

 

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन अब १३ दिन मात्र बाँकी छ । इङल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकप करीब ४६ दिनसम्म चल्नेछ ।

११ स्थानमा सञ्‍चालन हुने विश्वकपमा लिग चरणअन्तगर्त ४५ खेल हुनेछन् । जेठ १६ गतेबाट सञ्‍चालन हुने लिगको उपाधि भिडन्त असार २९ गते हुनेछ ।

उपाधि जित्‍ने लक्ष्यसहित १० राष्ट्रले टोली घोषणा गरेर तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । तयारी स्वरुप केही राष्ट्रले सिरिज खेलिरहेका छन् । प्रतियोगिताको मिति नजिकेसँगै विभिन्न चर्चा परिचर्चाले विश्व क्रिकेट तातेको छ । सहभागी राष्ट्र र खेलाडीको चर्चा एकातिर छ भने अर्कोतिर उपाधि जित्नसक्ने टोलीबारे विभिन्न अनुमान गर्न थालिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *