Sajhamanch Archive

प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो ।

गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सुचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल समाचारपत्र बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *