Sajhamanch Archive

   कसले मार्ला बाजी

Published: in खेलकुद by .

 

चितवन । नारायणगढमा जारी भरतपुर गोल्डकपको उपाधिका लागि झापा–११ र संकटा क्लब आमनेसामने हुँदैछन्। खेल आज अपराह्न ४ बजेपछि हुने आयोजकले जनाएको छ।

संकटाले सेमिफाइनलमा घरेलु टिम चितवनझ११ लाई ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। उता, झापाले .११ भने सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

नारायणगढको क्याम्पाचौरमा गत वैशाख २४ देखि गोल्डकप सुरु भएको हो। ए जे ईन्टरनेसनल प्रालिले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसहित गोल्डकप र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *