खाल्डोमा डुवेर बालकको मृत्यु
Published:
by .मेचीनगर । मेची नदीमा निर्माणधिन मेचीपूलको पिलर राख्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मेचीनगर ६ स्थित नेपालतर्फ खनेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा स्थानीय शेखराज गेलालको छोरा वर्ष ८ का रुपेश गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नुहाउने क्रममा बालकको मृत्यु भएको प्रहरीको आशंका छ । करिब ५ बजेतिर बालकलाई पानीमा तैरिरहेको देखेपछि स्थानीयबासी र प्रहरीको टोली घटनास्थल पुगेर खाल्डोबाट बाहिर निकालेको हो । प्रहरी घटनास्थल पुगिसक्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
बालकको शरीरमा ल्गा नभएको, लुगा फुकालेर डिलमै राखेको पाइएकाले बालकले पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीको आशंका छ । मृतक बालक पशुपति माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । घटनापछि त्यहाँ पुगेको प्रहरी टोलीले आवश्यक कानूनी प्रक्रिया पूरा पोस्टमोर्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिए ।
Comments