Sajhamanch Archive

नेपाली भूमिमा क्षति पुग्ने गरी भारतमा सडक निर्माण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

दार्चुला । दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो ।

सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठुल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ ।

विस्फोटकका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस १ का दानसिंह तिंकरीले बताए । तिंकरीका अनुसार व्याँस २, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । समाचार नागरिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *