Sajhamanch Archive

उपत्यकाबाट साना सवारी हटाइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ ।  काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ ।

टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो ।

ट्राफिक प्रहरीले एक वर्षभित्र यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा यस्ता सवारी हटाउन खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *