Sajhamanch Archive

संसार देखाउने हाम्रो आँखालाई जोगाउने केही उपायहरू

Published: in रोचक कुरा / टिप्स by .

मानव शरीरको महत्वपूर्ण अंगमध्ये हाम्रो आँखा निकै नै संवेदनशील र सजिलै संक्रमण हुने अंग हो । आँखालाई धूलो, धूवाँ, भाइरस तथा ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्याउन सक्छ । हामीले हाम्रो आँखालाई स्वास्थ्य राख्न अनेकौं उपाय अपनाउन सक्छौं ।

हामी कहीँकतै घरबाट निस्कँदा उचित चस्माको प्रयोग गर्नु पर्छ । चस्माले आँखालाई धूलो, धूवाँ, किटाणु आदिबाट बचाउने मात्र होइन, यसले आँखामा चोटपटक लाग्न तथा घामको विकिरणबाट पनि जोगाउँछ ।

बाहिरी प्रदूषणले अनुहार तथा आँखाको कोषमा धुलो र किटाणुले भर्ने हुदा हामीले घर पुगेलगत्तै चिसो पानीले आँखामा छ्याप्ने गर्नु पर्छ । आँखा सुक्खा बनेको अवस्थामा पानीले हल्कासँग भिजाउँदा पनि निकै फाइदा गर्छ ।

खानपानले पनि आँखाको स्वास्थ्यमा प्रभाव पार्दछ । आँखा स्वच्छ र निरोगी राख्न भिटामिन ‘ए’ महत्वपूर्ण पोषण तत्व मानिन्छ । सिजनअनुसार हरियो सागपात, माछा–मासु, दूध र गेडागुडीका साथै प्रसस्त मात्रामा पानी पिउने गर्नु पर्छ ।

कम्प्युटर तथा ल्यापटपमा लामो समय निरन्तर काम गर्नु हुदैन यसरी निरन्तर हेरिरहँदा आँखा चाँडै बिग्रिने खतरा हुन्छ । धेरै नजिक अथवा धेरैटाढा बाट पनि टेलिभिजन तथा स्क्रिनहरु निरन्तर लामो समय सम्म हेर्नु हुदैन ।

स्क्रिनमा २० मिनेटसम्म हेरेपछि २० सेकेन्डदेखि एक मिनेटसम्म आँखालाई आराम दिनै पर्छ । दिनहु स्क्रिनमा बसेर काम गर्ने व्यक्तिहरुले आँखाको कसरत गर्दा आँखा स्वास्थ्य रहन मद्दत गर्छ । धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक भएको त सबैलाई थाहा नै छ ।

धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ । त्यसैले हामीले हाम्रो आँखाका स्वास्थ्य राख्नका लागि धूमपान त्याग्नु पर्छ । आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टर कहाँ उपचारतर्फ जानु पर्छ ।

हरेक व्यक्तिले वर्षको एकपटक आँखा जँचाउनु पर्छ । आँखामा कुनै समस्या नभए पनि सुगर, हाई ब्लडप्रेसर, ट्युबरक्लोसिस जस्ता दीर्घ रोगका कारणले आँखामा जुनसुकै बेला पनि खतरा निम्तिन सक्छ । यस्ता रोगीहरुले बेला–बेला आँखा परीक्षण गराइ राख्नु पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *