Sajhamanch Archive

पूर्वी नाकाबाट दशमहिनामा नौ हजार बढी पर्यटक भित्रिए 

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

मेचीनगर । पर्यटकहरुका लागि पर्यटकीय मौसम शुरु भएसँगै यतिखेर नेपालका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकहरुको चहल पहल शुरु भएको छ । अहिले नेपालका यी स्थानमा आन्तरिकमात्र होइन वाह्य पर्यटकको समेत आर्कषण बढेको छ ।

चालु आर्थिक वर्ष २०७५—२०७६ को दशमहिनामा पूर्वीनाका भएर करीव दशहजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि ती विदेशी पर्यटक पूर्वी नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

अध्यागमन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७५—२०७६ को साउनदेखि बैशाखमहिनाको अन्त्यसम्मको अवधिमा नेपाल प्रवेश गरेका ९ हजार ७ सय ६६ पर्यटकमध्ये केही सार्क राष्ट्रका पर्यटक छन् । कार्यालय प्रमुख जनक कोइरालाका अनुसार सो वापत कार्यालयले ८५ लाख १४ हजार ४ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा सिजन शुरु भएसँगै नेपालका धार्मिक, ऐतिहासीक र पर्यटकीय क्षेत्रमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड बढ्ने गरेको छ । सोहि अवधिमा यो नाका भएर ८ हजार ८ सय ९० पर्यटक बाहिरिएका छन् ।

प्रदेश नम्बर १ अन्तर्गतको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना सरकारले अघि सारेको ‘२०२० नेपाल पर्यटन वर्ष’ सफल वनाउन हरेक क्षेत्र लाग्नुपर्ने बताउदैँ काँकरभिट्टा नाका प्रदेश नम्बर १ को पर्यटक भित्रिने मुख्यःनाका भएका कारण पनि हरेक देशका पर्यटकलाई फाइदा पुग्ने र पर्यटकलाई उनीहरुको अपेक्षा अनुसार सेवा र सुविधा प्रदान गर्न सके विश्वभर सकरात्मक सन्देश जाने बताउछन् ।

संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेकाले यसलाई सहयोग पुर्याउन यस नाका भएर नेपाल भित्रिने पर्यटकका लागि सहज होस भनेर मेचीनगर नगरपालिकाले पर्यटक सहायता कक्ष स्थापना गरेको नगरप्रमुख विमल आचार्यको भनाई छ । स्थानीय सरकारका हैसियतले नगरभित्र रहेका पर्यटकीय एवम् धार्मिक स्थलको पहिचान गरी विकास र प्रवद्र्धनमा ध्यान दिने उनको भनाई छ ।

नेपाल आएका धेरै पर्यटकहरुको रोजाईमा पोखरा, काठमाण्डौ, चितवन, लुम्बिनीलगायतका ठाउँमा रहेका धार्मिक, ऐतिहासीक र पर्यटकीय क्षेत्र पर्ने गरेको अध्यगमन प्रमुख कोइरालाले बताए । नेपाल प्रवेश गरेका पर्यटकहरुमध्ये धेरैको रोजाईमा रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज र मुक्तिनाथ पर्ने गरेको ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र बताउछन् । उनका अनुसार पुर्वीनाका भएर नेपाल भित्रिएका कुल पर्यटकमध्ये ७० देखि ८५ प्रतिशत लाङटाङ राष्ट्रिय निकुञ्ज र मुक्तिनाथ पुग्ने गरेका छन् ।

नेपालमा विदेशी पर्यटक आउने क्रम शुरु भएपछि स्थानीय व्यवसायीहरुको आर्थिक कारोवारमा समेत बृद्धि भएको छ । अध्यगमन कार्यालयले चालु आर्थिक वर्ष २०७५÷२०७६ को पहिलो १० महिनामा नेपाल घुम्न आउने बिदेशीलाई आगमन अनुमती पत्र (भिसा) जारी गरे वापत ८५ लाख १४ हजार ४ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार अध्यगमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ ।

कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए २५ डलर ३० दिनका लागि ४० डलर र ९० दिनका लागि एकसय डलर लिने गरेको जनाएको छ ।जानकारी अनुसार अध्यगमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए २५ डलर ३० दिनका लागि ४० डलर र ९० दिनका लागि एकसय डलर लिने गरेको जनाएको छ ।

२०७२ सालको महाभूकम्प पछि नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमि आएको थियो । पछिल्लो चरणमा भने उल्लेखनिय बृद्धि भएको छ । भूकम्पले क्षति पुर्याएका संरचनालाई बेलैमा मर्मत तथा सम्भार गर्न सके यसले नेपालप्रति पर्यटकको आर्कषण बढ्ने कुरामा दुइमत छैन् । यसकारण सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन जरुरी रहेको पर्यटन व्यवसायी शंकर भट्टराईको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *