Sajhamanch Archive

नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, अब १० पैसामै कुराकानी

Published: in विविधा by .

काठमाडौं । नेपाल टेलिकमले आम ग्राहकको हितलाई ध्यानमा राखी मोवाइलबाट १० पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो । यो सेवा उपभोग गर्नका लागि मोवाइलमा VOICE 90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *