Sajhamanch Archive

पाँचथर हत्याकाण्डः हत्या गरिएका बमबहादुका ज्वाईँद्वारा ‘आत्महत्या’

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौँ । मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको घटनामा ट्वीस्ट आएको छ ।

घटना भएको केही घण्टापछि नजिकै एक युवक शव रुखमा झुण्डिएको अवस्थामा भेटिएसँगै ट्वीस्ट आएको हो । अनुसन्धान अधिकारीहरुले ती युवा र हत्या गरिएका परिवारको सम्बन्धबारे अनुसन्धान गरिरहेका छन् ।

झुण्डिएको अवस्था भेटिएको शव हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिम रहेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । स्थानीयसँग सोधपुछ पनि भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

आरुबोटेमा सोमबार राती दुई परिवारको नौ जनाको हत्या भएको थियो । घटनास्थलबाट एक १२ वर्षीया बालिका भने भागेर बाँच्न सफल भएकी थिइन् ।

घटनामा धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको थियो । हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनको दमकमा उपचार भइरहेको छ ।

सीताले मुखुण्डो लगाएको एक व्यक्ति प्रवेश गरि धारिलो हतियार प्रहार गरेर आक्रमण गरेको बताएकी छन् ।  प्रहरीको प्रराम्भिक अनुसन्धानले पनि घटनामा एक जनाको मात्र संलग्नता रहेको देखाएको छ ।

सीताले मुखुण्डो लगाएका एक व्यक्ति आएर आक्रमण गरेको भन्नू, बमबहादुरका ज्वाइँको शव फेला पर्नुले केही न केही नेक्सस रहेको प्रहरीको आशंका छ ।

यीनै आधारमा प्रहरीले सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रारम्भिक निचाेड पनि निकालेको छ । आत्महत्या गरेका मानबहादुरको ससुरालीमा राम्रो सम्बन्ध नभएको स्थानीयले प्रहरीलाई बताएका छन् ।

घाइते सीताको बयानका आधारमा प्रहरीले पनि मानबहादुरमाथि नै शङ्का गरेको थियो । उनको खाेजी सुरु गरेको प्रहरीले आत्महत्या गरेको अवस्थामा शव फेला पारेको छ ।

मानबहादुरसँग श्रीमतीले सम्बन्ध विच्छेद गर्न चाहेकी चाहेको बताइन्छ । यद्यपी, घटना विषयमा थप अनुसन्धान भइरहेको र सबै पाटा केलाउने काम भइरहेको अनुसन्धानमा सहभागी अधिकारीहरुले बताएका छन् ।

अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), संघीय इकाइ प्रहरी कार्यालय कोसी, प्रहरीको प्रदेश १ को टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *