Sajhamanch Archive

कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा ४८ राष्ट्र सहभागी गराउने योजना पछाडि सारेको छ ।

४८ राष्ट्र सहभागी गराउने योजना सारिएपनि कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने भएका छन् । फिफाले विज्ञप्ति जारी गर्दै तत्कालका लागि ४८ राष्ट्र सहभागी गराउने निर्णय सारिएको बताएको छ ।

अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले कतार विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो ।

तर फिफा अध्यक्ष जियानी इन्फोटिनोले तत्काल यो रोकिएको बताएका छन् । २२ औं संस्करणको विश्वकपका लागि कतारले तयारी तीव्र गतिमा बढाएको छ ।

कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *