Sajhamanch Archive

मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं।  सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।

अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो ।

मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेक्कासम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिए । अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *