Sajhamanch Archive

रूखले किचेर एक बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

फिक्कल । इलामको सूर्योदय नगरपालिका–६ तारगाँउमा रूखले किचेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय भेषराज गजमेर छन् । विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे–तारगाउँ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रूखले लागेर उनको मृत्यु भएको स्थानीय बुद्ध कार्कीले जानकारी दिए ।

उनीसँगै कृष्णाश्रम मावि कन्याममा अध्ययरत कृतिका रसाइली घाइते भएकी छन् । घाइते रसाइलीको सूर्योदय फिक्कल पोलिक्लिनिकमा सामान्य उपचारपछि झापातर्फ लग्ने तयारी गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *