Sajhamanch Archive

७ करोड ६७ लाख ९४ हजार नक्कली नोट सहित ६ जना पक्राउ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरीले करोडौंको भारतीय जाली नोटसहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीन जना पाकिस्तानीबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको जाली नोट बरामद गरेको हो ।

तीन पाकिस्तानी नागरिक सहित ६ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा पैसा लिन गएका यूनुसमिया अन्सारी र उनीसँगै रहेका अन्य दुई जना पनि पक्राउ परेका छन् । यसअघि जाली नोट प्रकरणमा जेल बसिसकेका युनुस अन्सारी उक्त नोट बुझ्न विमानस्थल पुगेका थिए ।

उनलाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी नारायण रञ्जीतकारका अनुसार तीनवटा सुटकेसमा जाली नोट ल्याइएको भेटिएको हो । भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा जेल परेर छुटेका युनुस अन्सारी २०७० माघ ११ गते पनि पक्राउ परेका थिए ।

नेपाल प्रहरीको विशेष टोलीले अन्सारीलाई ललितपुरको नख्खिपोटस्थित निवासबाट ३५ लाख भारतीय नक्कली भारुसहित पक्राउ गरेको थियो। त्यसबेला उनीसहित पाकिस्तानी नागरिक महसुद आलम, नेपाली नागरिक सुरेश आलेमगर र सोहेल खान थिए। अन्सारी त्यसबेला २०७० असोज १८ मा केन्द्रीय कारागारबाट रिहा भएका थिए।

अन्सारी पटक पटक नक्कली भारतीय रुपैयाँ र लागूपदार्थको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय ुसार्प सुटरुले गोली हानेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *