पूर्वप्रधानन्यायाधीश खत्रीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि
Published:
by .काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युेष्टि गरिएको हो।
पूर्वप्रधानन्यायाधीश खत्री पछिल्लो समय अल्जाइमर्स रोगबाट पीडित थिए। नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए।
खत्री प्रधानन्यायाधीशबाट अवकाश पाएपछि २०४३ सालमा नेपालका लागि चीनको राजदूतसमेत बनेका थिए। यसैबीच, सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा आइतबार एक दिन देशभरका सम्पूर्ण अदालत बन्द राख्ने निर्णय पनि गरेको छ।
Comments