Sajhamanch Archive

पेरुमा ८ म्याग्निच्यूडको भूकम्प विद्युत सेवा ठप्प

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । पेरुमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ। आइतवार दिउँसो उत्तरी पेरुलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जानकारी दिएको छ ।

पेरुको आपतकालिन विभागले भने यो भूकम्पको मापन ७।२ म्याग्निच्यूड मापन गरेको समाचार एजेन्ससी एसोसियट प्रेसले जनाएको छ । भूकम्पपछि प्रशान्त सुनामी चेवानी केन्द्रले सुनामीको कुनै पनि सम्भावना नरहेको जानकारी दिएको छ यो भूकम्प पेरुको स्थानीय समयानुसार बिहान २ बजेर ४१ मिनेटमा गएको हो ।

पृथ्वीको सतहभन्दा ११४ किलोमिटर तल गएको यो भूकम्पको केन्द्रबिन्दु देशको उत्तरी सहर युरीमाग्युयासबाट १५८ किलोमिटर पूर्वउत्तरमा रहेको छ। पेरुको आन्तरिक मन्त्रालयले ट्वीटरमा पोस्ट गरेका तस्बिरमा कयौँ भवन, सडक र अन्य पूर्वाधार भत्किएको देख्न सकिन्छ। पेरुका सरकारी निकायले भूकम्पपछि क्षतिको विवरण संकलनलाई तीब्र पारिरहेका छन्।

भूकम्पपछि प्रभावित क्षेत्रमा विद्युत सेवा ठप्प भएको छ । पेरुका राष्ट्रपति मार्टिन भिज्काराले भनेका छन्। ‘हामी क्षतिको मूल्याङ्कन गरिरहेका छौँ। सबै नागरिकलाई मानवीय तथा भौतिक क्षतिबारे जानकारी दिन अपिल गरेका छौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *