Sajhamanch Archive

अन्तिम खेलमा युभेन्टस पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा युभेन्टस पराजित भएको छ ।

च्याम्पीयन भइसके पनि युभेन्टस अन्तिम खेलमा साम्पडोरियासँग २–० को गोलअन्तरले पराजित भएको हो । साम्पडोरियाको जितमा ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले गरेको गोल पर्याप्त भयो ।

खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा युभेन्टस पराजय भोग्न बाध्य भएको छ । खेल सकिन ६ मिनेट बाँकी रहँदा गोलको शिकार भएको युभेन्टस लगत्तै अर्को गोल खान पुग्यो ।

८४औं मिनेटमा ग्रिगोरीले दिलाएको अग्रता इन्जुरी समयमा जियानलुकाले दोब्बर पारेका थिए । बाँकी समय युभेन्टस खेलमा फर्किन नसक्दा पराजित भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *