Sajhamanch Archive

झापाको दूधेमा सुतली बम, सेनाद्वारा डिस्पोजल

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

दूधे । झापाको दूधेमा केही बेर अघि शंकास्पद बस्तु फेला परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी न.पा. ९ स्थित झरना पुल छेउमा उक्त शंकास्पद बस्तु फेला परेको हो ।

पुलको पूर्वी मुखमा खतरा लेखिएको बस्तु फेला परेपछि यहाँको जनजिवन आतंकित बनेको छ । उक्त बस्तु देखेपछि राजमार्गमा कुनैपनि यातायातका साधन चल्न सकेका छैनन् ।

नेकपामाओवादी (विप्लप) समूहको बन्दका दिन उक्त वस्तु सोही समूहले राखेको हुनसक्ने इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।

यसैबीच भैरवनाथ गण चारआलीको नेपाली सेनाको टोलीले दूधेमा फेला परेको शंकास्पद वस्तु साना दुई वटा सुतली बम रहेको बताएको छ । उक्त बस्तु सेनाको टोलीले बाँसको घोचोले हटाएर डिस्पोजल गरेको हो ।

यस अघि दमक र गौरादहमा शंकास्पद बस्तु फेला परेपछि त्यहाँको जनजिवन त्रसित बनेको थियो । दमकको रतुवा पुल नजिकै फेला परेको उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाउने तयारी गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *