तेस्रो प्रदेश स्तरीय भलिबलको उपाधि शरणामतीले हात पार्यो
Published: (Updated: )
by .सुरुङ्गा । झापाको शिवसताक्षी नगरपालिका ३ पारावारीमा आयोजित तेस्रो प्रदेश स्तरीय खुल्ला पुरुष भलिबलको उपाधि झापा गाउँपालिका शरणामतीले हात पारेको छ ।
सोमवार सम्पन्न फाइनल खेलमा छिमेकी टिम कनकाई नगरपालिका झापालाई पराजित गर्दै शरणामतीले नगद १ लाख १ हजार सहितको उपाधि रक्षा गरेको हो ।
दोस्रो बनेको कनकाई नगरपालिकाको टिमले भने नगद ५१ हजार रुपैँया र ट्रफि पाएको छ ।
यो जितसगै झापा गाउँपालिकाले यहि एक सातामै दुई उपाधि जितेको छ । गत शनिवार मात्रै झापा गाउँपालिकाले समेत सुनसरीको इनरुवामा जारी प्रदेश स्तरीय प्रतियोगिताको समेत उपाधि जितेको थियो । वडा खेलकुद विकास समिति शिवसताक्षी वार्डनम्बर ३ पारावारीको आयोजनामा पारावारीमा गत विहिवारदेखि आयोजित प्रतियोगितामा प्रदेश नम्बर १ का १२ टिमको सहभागिता रहेको थियो ।
बिजयी तथा उपबिजयी टिमलाई शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा , वडाअध्यक्ष पुण्यप्रसाद सापकोटा , अव्यवस्थित बसोवास विकास समितिका अध्यक्ष राधाकृष्ण खनाल, नगर खेलकुद समितिका राजु श्रेष्ठ , नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराई , लगायतले नगद तथा ट्रफि प्रदान गरे । प्रतियोगिताका सर्बोउकृष्ट खेलाडी बिजयी टिमका घनश्याम गुरुङ्ग भए । उनले नगद ५ हजार रुपैँया प्राप्त गरे । यसैगरि प्रतियोगितमा उत्कृष्ट ब्लकर बिजयी टिम शरणामतीकै मिलन गुरुङ्ग , बेष्ट सर्टर शरणामतीकै मिलनचन्द्र ठकुरी , बेष्ट सर्भिस शरणामतीकै दिन राणा , यसैगरि बेष्ट क्युकर कनकाई नगरपालिकाका सुरज चौधरी , बेष्ट लिब्रो कनकाई नगरपालिकाका गणेश कटुवाल र बेष्ट स्पीकर कनकाईकै मनिस गौतम भएका आयोजक समितिका संयोजक लासाङ्ग दोर्जे तामाङ्गले बताए ।
यसअघि यस क्षेत्रका ३ बिद्यालयहरु भानु मावि , पाथिभरा प्रावि र शान्ति आधारभुत प्राविलाई भलिबल खेलको बृद्धि विकासका लागि वल र नेट प्रदान गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय समाजसेवी टिका तामाङ्गले सौजन्य गरेका थिए ।
Comments