विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमै धामीझाँक्री
Published:
by .संखुवासभा । सिलिचोङ गाउँपालिका–२ बालामा रहेको हिमाल ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुमा अनौठो लक्षण देखा परेपछि विद्यालयमै धामी झाँक्री राखिएको छ ।
विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिने, दाँत बाँध्ने जस्ता लक्षण देखा परेकाले शान्तिका विद्यालयमै धामी राखिएको प्रधानाध्यापक गंगाराज राईले बताए ।
गाउँको कुल देवता रिसाएका भनी अभिभावकले धामी राख्न आग्रह गरेकाले विद्यालयमै धामी राखिएको राईको भनाइ छ । तर, धामी राखे पनि विद्यार्थीहरुको समस्या उस्तै रहेको छ ।
१२ देखि १४ उमेर समूहका १५ जनाभन्दा बढी छात्रछात्रालाई यो समस्या देखिएको वडा नम्बर २ का अध्यक्ष मोहनशमसेर राईले बताए। केही विद्यार्थीलाई अस्पातल लगेर उपचार गरे पनि निको नभएपछि विद्यालयमा धामी राख्नु परेको वडाध्यक्ष राईले बताए ।
दुई महिनादेखि विद्यार्थीहरुमा यस्तो समस्या भइरहेकाले पठनपाठनमा समेत असर पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुको यस्तो समस्या उत्पन्न भएपछि अभिभावकहरु चिन्तित भएका छन्।
Comments