बैंकका सुरक्षागार्डले आफ्नै पेटमा खुकुरी हाने
Published:
by .दैलेख । जिल्ला सदरमुकाम स्थीत मेगा बैँकमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या गर्न प्रयास गरेका छन् ।
दैलेखको नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षत्रीले बताए ।
प्रहरीका अनुसा मानसिक सन्तुलन ठीक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन सक्ने बताइएको छ । सोमबारर राति बैंक शाखा प्रबन्धक मञ्जु चन्दलाई कसैले आफुमाथि आक्रमणको प्रयास गरेको भन्दै फोन गरेपछि जिल्ला प्रहरीको टोली बैंक पुगेको थियो ।
त्यहाँ केही नभएको पाएपछि प्रहरी फर्केलगत्तै गार्डले आफैँलाई खुकुरी रोपेर हत्याको प्रयास गरेको बताइएको छ । आफुले सुरक्षार्थ भिरेको खुकुरीले पेटमा हानेर ३ इन्च गहिरो घाउ भएको छ ।
प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए ।
Comments