Sajhamanch Archive

भारतीय भूमिमा रोकिएका ७३ वटा ट्याङकरहरु नेपाल छिरे

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काँकरभिट्टा । अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु भएपछि चार दिनदेखि भारतको पश्चिम बंगलास्थित पानीट्याँकी भन्सारमा रोकिएका तेलवाहक नेपाली ट्याङकरहरु मंगलबार विहानदेखि नेपाल प्रवेश गरेका छन् । यो सँगै केही समयअघि पूर्वमा देखिएको पेट्रोलियम पदार्थको अभाव टरेको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ वटा ट्याङ्कर नेपाल प्रवेश गरेको जानकारी दिए । कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म भारतीय भन्सारमा रोकिएका थिए । यसैका कारण चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजल पम्पहरु बन्द झै भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । मेचीका यी चार जिल्लामा मात्र दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको व्यवसायीहरुको भनाई छ ।

मेनुयल सिस्टमबाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन नेपाल आयल निगम चारआली कार्यालयले भारतीय भन्सारलाई आग्रह गरेको थियो । समाचार स्रोतका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ वटा ट्याङ्कर पानीट्याङ्की नाकामा रोकिएका थिए । तेल बोकेका ट्याङ्कर भारतमै रोकिएपछि मेची अञ्चलका सबै पेट्र«ोल पम्पहरु बन्द झै थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *