Sajhamanch Archive

डानी आल्भेस ब्राजिलको नयाँ कप्तान

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

ब्राजिली राष्ट्रिय फुटबल टिमको कप्तानमा डानी आल्भेस चुनिएका छन् ।

यसअघि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले गत वर्ष सेप्टेम्बरमा नेयमारलाई स्थायी कप्तानको रुपमा नियुक्त गरेका थिए ।

ब्राजिली फुटबल संघले विज्ञप्ति जारी गर्दै कप्तान परिवर्तनको जानकारी दिएको छ । हाल उनको स्थानमा डानीलाई कप्तानमा राखिएको हो ।

अर्को महिना सुरु हुने कोपा अमेरिकामा ब्राजिली टिमको कप्तानी डानी अल्भेसले सम्हाल्ने भएका हुन् ।

३६ आल्भेसको कप्तानीमा ब्राजिलले कोपा अमेरिका जित्ने लक्ष्य लिएको छ । नेयमार र अल्भेस पेरिस सेन्ट जर्मेन पीएसजीबाट क्लब फुटबल खेल्छन् ।

जुन १४ मा ब्राजिलले बोलिभियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्ने छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *